प्रि-ओपन सेसन : करिब १५ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम कारोबारको दिन विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन बुधबार ९२.१६ अंक बढेर २५०७.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १४.८० अंक बढेर २५२२.५१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.४४ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा १५ कम्पनीको ८१ लाख ३१ हजार ४२ रुपैयाँ ९० पैसा बराबरको ६ हजार १२१ कित्ता शेयर खरिदबिक्री भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया