मन्जुश्री फाइनान्सको साधारण सभा पुष २९ गते, ४६ प्रतिशत लाभांश पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - मन्जुश्री फाइनान्स लिमिटेडले चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल ४६ प्रतिशत लाभांश पारित गर्नेछ । साथै सोही सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह जस्ता विवरण छलफल गरि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन पुष १४ गतेसम्म कायम हुनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया