काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा पुनः एक हप्ताका लागि सरेको छ । आगामी पुस २३ गतेका लागि तोकिएको साधारणसभा आगामी पुस ३० गते हुने गरी सरेको संघले बताएको छ ।
संघका कार्यवाहक अध्यक्ष कमल तामाङको अध्यक्ष्यतामा बुधबार बसेको कार्यसमितिको बैठकले विभित्र संस्थाहरूको आग्रहमा आगामी पुस ३० गते निर्वाचनसहितको साधारणसभा गर्ने गरी निर्णय गरेको बताइएको छ ।
संघको निर्वाचन सरेको यो दोश्रो पटक हो । यसअघि गत असोज ६ गते बोलाइएको साधारणसभा नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारणले रोकिएको थियोे । निर्वाचनका लागि संघले व्यवसायी रविन शेरचनको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिले पुस १७ गते मतदाता नामावली सार्वजनिक गरिने निर्णय गरेको बताएको छ ।
प्रतिक्रिया