नेप्सेले सेयरधनीलाई १६६.६७ प्रतिशत लाभांश दिने, कहिले पारित हुन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।

 नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस शेयर  र कर प्रयोजनको लागि समेत १०० प्रतिशत नगद लाभांश गरि कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रहेको छ । उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । नेप्सेले पुस २९ गते नेप्से कै कार्यालयमा सभा बोलाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया