काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १५ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।
उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको १२.७० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सोही सभाले कम्पनकिो विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढी भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यस्तै, आव २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने, आव २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण एवं सो सम्बन्धि अनुसूचीहरु माथि छलफल गरि पारित गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष ९ गतेदेखि पुष १६ गतेसम्म शेयर दाखिला खारेज किताब बन्द ९बुकक्लोज० गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया