काठमाडौं - मेगा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।
बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित २.०७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकको मंसिर २८ गतेबाट क्रमश जम्मा गरिरहेको छ ।
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।
प्रतिक्रिया