नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न र विभिन्न एजेण्डासहित मानुषी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । 

मानुषी लघुवित्त 
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पौष ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा पौष २९ गते, बिहिबार, लहरीखर्क रिसोर्ट, साँगा बनेपामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

नारायणी डेभलपमेन्ट बैंक
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, होटल सेन्ट्रल पार्क, सौराहा चितवनमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभाबाट जारी तथा चुक्ता पूँजी बृद्धी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकवाट प्राप्त निर्देशन समेतलाई ध्यानमा राखी हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया शुरुवात भईसकेको र उक्त शेयर जारी भएपश्चात कायम हुने शेयर चुक्ता पुँजीको पुनः १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषेश प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि पौष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया