काठमाडौं - आज एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेड र सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । य आजसम्म कायम सयरधनीहरुले मात्र यी दुई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेड
एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको ९ औँ वार्षिक साधारण सभा पौष २६ गते, होटल पोखरा ग्रान्ड पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटे
सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको तेहौँ वार्षिक साधारण सभा पौष १९ गते, होटल ह्यारिसन प्यालेस विराटनगरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया