लुम्विनी जनरल इन्स्योरेन्सद्धारा ९० लाख रुपैयाँ बीमा दाबी हस्तान्तरण

४ बर्ष अगाडि

काठमाडौं - लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाबाट ९० लाख रुपैयाँको वीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

नेपालगंजका एक सफल ब्यवसायी टँक बहादुर धामीले नेपालगंज उपमहानगरपालिका वडा न। १ मा संचालन गरेको कमल गार्मेण्ट प्रा। लि। मा आगलागी भै उद्योगमा रहेका मेशिनरी सामान लगायत कच्चा तथा तयारी सामानहरु जलेर नष्ट भएको थियो । 

सो घट्नामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नेपालगन्ज शाखा प्रमुख यज्ञ प्रसाद सापकोटाले  बीमा दावी भुक्तानी बापतको चेक कम्पनीको नेपालगञ्ज शाखा कार्यालयमा बीमित धामीलाई हस्तान्तरण गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया