काठमाडौं, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले डेपुटी म्यानेजर,असिस्टेन्ट म्यानेजर(क्लेइम), हेड रिस्क एण्ड कम्प्लियन्स, अफिसर (रिइन्स्योरेन्स), अफिसर।जुनियर अफिसर(एचआर एडमिनिस्टे«ट) र अफिसर,जुनियर अफिसर (लिगल) मा एक–एक जना कर्मचारी माग गरेको छ ।
साथै असिस्टेन्ट टु अफिसर लेभल (क्लेइम), जुनियर अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर (मार्केटिङ) र ट्रेइनी डेभलपमेन्ट अफिसर ,सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) मा केही संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले उक्त पदहरुका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष १४ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको वेबसाइट https://online.sagarmathainsurance.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया