आज राति केही घण्टा ‘आईएमई पे’ नचल्ने

४ बर्ष अगाडि

काठमाडौं, आज राति डिजिटल मोबाइल वालेट ‘आईएमई पे’ नचल्ने भएको छ । 

सिस्टम मेन्टिनेन्स गर्ने कार्यतालिका अनुरूप कम्पनीको सेवा केही घण्टाको लागि अवरुद्ध हुने भएको हो । आईएमई पेका अनुसार आज राति ९ बजेदेखि १२ बजेसम्मको अवधिमा वालेटले राम्रोसँग काम नगर्न सक्छ । कम्पनीले यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया