भरतपुर महानगरपालिका(१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लाइन काटिदिएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेपछि लाइन काटेको जनाएको छ ।
रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनको नाममा विद्युत जडान भएको थियो ।
धुर्मस सुन्तली फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।
त्यस्तै प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीको लाइन पनि काटिदिएको छ । ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । यी दुई सँगै प्राधिकरणले बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको छ ।
प्रतिक्रिया