भीष्मराज ढुंगानाको मुद्धा पूर्ण बेन्चमा जाने, १५ औं पेशीमा राय बाझियो

४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष भीष्मराज ढुङ्गानाको मुद्दा पूर्ण इजलाजमा जाने भएको छ । बुधबार  १५ औं पटक पेशी चढेको मुद्धामा न्यायधीशको राय बाझिएपछि पूर्ण इजलासमा जाने भएको हो । 

न्यायाधीशद्वय प्रकाशसिंह राउत र डा. कुमार चुडालको इजलास नम्बर आठमा ढुङ्गानाको पेशी चढेको थियो। जसमा दुई न्यायाधीशले आआफ्नै राय पेश गरेका थिए। राय एकआपसमा बाझिएपछि आज बसेको न्यायाधीशद्वयको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा लैजानु पर्ने भन्दै राय बाझी आदेश गरेको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कुनै पनि मुद्दामा रायबाझी आदेश आउनु भनेको दुई न्यायाधीशका राय एक आपसमा बाझिएको भन्ने जनाउ दिन्छ। ‘जब रायबाझी आदेश आउँछ त्यसपछि उक्त मुद्दा तीन न्यायाधीश भएको पूर्ण बेन्चमा पठाइन्छ। त्यहीबाट बहुमत रायको आधारमा फैसला हुने गर्छ’ उनले भने।

४ बर्ष अगाडि

प्रतिक्रिया