काठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधा तथा ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आज पुस ७ गतेदेखि क्यासब्याक योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा ग्राहकले पाचौँ कारोबार रकमको ५ प्रतिशत अ(धिकतम रु. १००), दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु. १५०) र पन्ध्रौँ कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु. २५०) नगद क्यासब्याक पाउन सक्नेछन्।
यस योजनाले ग्राहकलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया