सरकारी निकायबाट एकसाथ दुईवटा नीतिगत सुधारका काम भएपछि सेयर बजारमा सेयर बजारमा फेरि रौनकता फर्किएको छ ।
अर्थमन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत बैंकहरुलाई निक्षेपको रुपमा लिन पाउने र राष्ट्र बैंकले बिलासिताको सामान आयतमा ५० देखि ७५ प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि सेयर बजारका लगानीकर्ताहरु उत्साहित देखिएका हुन् ।
नीतिगत सुधारसँगै अर्थमन्त्री जनार्दन शर्माले पूँजीखर्च नबढाएमा रकमान्तर गर्ने मन्त्रालयहरुलाई चेतावनी समेत दिएका छन् । त्यसले अब सरकारी खर्च बढ्न सक्ने अनुमान गर्न सकिन्छ । जसका कारण तरलता थप सहज हुँदै जाने अपेक्षाले पनि लगानीकर्ता उत्साहित भएका विश्लेषकहरु बताउँछन् ।
बजारमा तरलता अभाव भैरहेको बेला त्यसलाई सहज बनाउनका लागि ल्याइएका सरकारी नीतिले लगानीकर्ताहरु उत्साहित भएपछि नेप्से सूचक मंगलबारदेखि उकालो लाग्न थालेको बुधबार ९२ अंकले बढेको छ ।
बुधबार नेप्से सूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ । नेप्से सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकममा पनि सुधार भएको छ । ४ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
२३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएर ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमुहको सूचक सकारात्मक देखिएका छन् । व्यापार उपसमूहको सूचक सर्वाधिक ८.२३ प्रतिशतले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन ७.६६ प्रतिशत, हाइड्रोपावर ६।०३ प्रतिशत र विकास बैंक उपसमुहको सूचक ५.५१ प्रतिशतले बढेको छ ।
यस्तै सबैभन्दा कम बढेको म्युचुअल फण्ड उपसमुहको सूचक ०.४७ प्रतिशतले मात्रै बढेको छ ।
नेप्से सूचकसँगै यस दिन अरुण भ्याली हाइड्रो पावर, बरुण हाइड्रोपावर, अपर तामाकोशी र शिवम सिमेन्टको शेयरमूल्य १० प्रतिशतले बढेर १सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । उसले बुधवार मात्र सत प्रतिशत लाभाँश घोषणा गरेको थियो । यस दिन हिमालयन डिस्टिलरीको ६८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै अपर तामाकोशीको पनि १५ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
मंगलबारदेखि केही बढेपनि अहिले लगानीकर्तालाई सेयर बजारमा लगानी गर्ने अनुकुल मौका हो । किनकी अहिले केही बढेपनि सेयर भाउ धेरै सस्तो भएकोले सस्तो मूल्यमा सेयर किनेर लाभांशसमेत हात पार्न सकिने अवस्था छ ।
तर पनि सेयर खरिदबिक्री गर्दा एकदमै बिचार पु¥याएर मात्र निर्णय लिनुपर्ने जरुरी हुन्छ ।
प्रतिक्रिया