तरतलता सहज बनाउन राष्ट्रबैंकले काम गरिरहेको छ ः गभर्नर अधिकारी

४ बर्ष अगाडि

नेपाल राष्ट्रबैंका गभर्नर महाप्रसाद अधिकारीले बजारमा देखिएको तरलता अभाव सहज बनाउन काम गरिरहेको बताएका छन् । 

बुधबार आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै गभर्नर अधिकारीले आयातमा कर्जा प्रवाह भएका कारण तरलता समस्या भएको र सहज बनाउन पहल भैरहेको बताए । 

राष्ट्र बैंकले सोमबार आयातमा कडाई गर्न बैंकहरुमा प्रतितपत्र ९एलसी० खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरेको छ ।  
यसले तरलता समस्या समाधानमा सहयोग गर्ने उनको भनाई छ । 

कर्जा प्रवाह ४०० अर्ब रुपैयाँले वृद्धि हुँदा निक्षेप भने १०० अर्ब रुपैयाँले मात्र वृद्धि भएको गभर्नर अधिकारीले जानकारी गराएका छन् । तरलता सहज बनाउन करिब सवा खर्ब रुपैयाँ पुनर्कर्जा सुविधा दिएको भन्दै केन्द्रीय बैंकले नियन्त्रण मात्रै गर्यो भनेर नबुझ्न पनि आग्रह गरेका छन् । 

साथै, दुई किस्ता गरेर थप ९२ अर्ब रुपैयाँ पुनर्कर्जा उपलब्ध गराउने गभर्नरले जानकारी गराएका छन् । जसअनुसार पहिलो किस्तामा ५२ अर्ब र दोस्रो किस्तामा ४० अर्ब रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया