४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न नेपाल क्लियरिङ हाउसले डाक्यो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा  बोलाएको छ ।  सभा होटल, ¥याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र कर तिर्न २ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । सभामा कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि छ । 
 
आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया