ब्रोकर नम्बर ४० को बस्ने स्थान अव्यवस्थित, नेप्सेको यस्तो निर्देशन

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रियटिभ सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ४० लाई निर्देशन दिएको छ ।

नेप्सेले आज एक सूचना प्रकाशन गर्दै क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस ९३०० कार्य दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गरी जानकारी गराउन निर्देशन दिएको हो।

उक्त समयावधी भित्र दिईएको निर्देशन पालना नगरेमा आवश्यक कारवाही गरिने समेत नेप्सेले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया