महालक्ष्मी लाइफद्धारा ७ लाख मृत्यु दावी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं-महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । 

झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई कम्पनीले उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका उपक्षेत्रीय प्रबन्धक गुन्जन थापा, हल्दिबारि गाउँपालिका वडा नं। १ का अध्यक्ष त्रिलोचन सापकोटा, कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, कम्पनिका अभिकर्ताहरु र स्थानिय बासीहरुको उपस्थितिमा मृतकको घरमै पुगेर दावी रकम भुक्तानी गरेको हो ।

मृतक ठाकुरले कम्पनीमा प्रथम किस्ता तिरेको केहि महिनामै कोभिडका कारणले मृत्यु भएकाले यस योजना अन्तर्गत प्राकृतिक मृत्युमा पनि बिमाङ्कको दोब्बर रकम र बोनस रकमसहित ७ लाख १४ हजार रुपैयाँ प्रदान गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया