९२ अंकले बढेको शेयर बजारमा १३ कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

४ बर्ष अगाडि

काठमाडौ- साताको तेस्रो कारोबारको दिन (बुधबार) ९२ अंकले बढेको शेयर बजारमा १३ कम्पनीको शेयरमूल्य भने घटेको छ ।

आज कारोबारमा आएका २३३ कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्य भने घटेको हो । 

शेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमध्ये नबिल डिबेन्चर २०८५ रहेको छ । सो कम्पनीको शेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।

यस्तै, अन्य १२ कम्पनीको शेयरमूल्य २.४९ प्रतिशत भन्दा कमले घटेको छ ।

सबैभन्दा कम गुमाउने मध्ये सनराइज डिबेन्चर २०८३ रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ०.०३ प्रतिशतले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया