नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय तथा शिक्षण संस्था १ वर्षदेखि नविकरण हुन सकेका छैनन् । २०७७ साल माघमा पाँचबर्षे नवीकरण अवधि समाप्त भएका ८५ शिक्षण संस्थाहरु १ वर्षसम्म पनि नविकरण हुन नसकेका हुन् ।
नेपालमा कोभिड–१९ को कारण देखाउँदै सरकारले निरीक्षण तथा अनुगमन नगरेपछि विदेशी शिक्षण संस्थाको नविकरण हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरु सबैले नवीकरणका लागि निवेदन भने पेश गरिसकेका छन् ।
सरकारी संयन्त्रले ती शिक्षण संस्थाको अनुगमन गरी प्रतिवेदन पेश गरेपछि सोही आधारमा नविकरण गर्नुपर्ने प्रावधान छ ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भर्खर मात्र निरीक्षण अनुगमन समिति गठन गरेका छन् । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन बुझाउने छ ।
१५ दिनभित्रै प्रतिवेदन बुझाउन शिक्षामन्त्री पौडेलले नवगठीत समितिलाई निर्देशन दिएका छन् । प्रतिवेदन पेश भइसकेपछि शिक्षण संस्था नविकरण हुनेमा आशमा विदेशी शिक्षणसंस्था सञ्चालकले विश्वास गरेका छन् ।
प्रतिक्रिया