काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचक झण्डै तेहोरो अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ । नेप्से ३.८२ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २३३ वटा कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।
बुधबार पनि हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६८ करोड ३४ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अरूण भ्याली हाइड्रोपावर, बरूण हाइड्रोपावर, शिवम् सिमेन्ट र अपर तामाकोशीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया