नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी, लघु बीमा कम्पनी पनि आउने

४ बर्ष अगाडि

बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिने तयारी गरेको छ । लाइसेन्सका लागि निवेदन दिनेहरुको संख्या दिनहुँ बढेपछि समितिले नयाँ प्रावधान सहित लाइसेन्स दिने तयारी गरेको हो । 

नयाँ कम्पनीहरुका लागि कम्पनीहरुको लाइसेन्सका लागि भने चुक्ता पुँजी बढाउने तयारी रहेको बीमा समितिको  गृहकार्य छ । नयाँ कम्पनी दर्ता गर्दा नै चुक्ता पुँजी बढ्ने भएपछि पुराना कम्पनीलाई मर्जर गराउने रणनीति पनि समितिको छ । 

नयाँ लाइसेन्स खुला गर्दा जीवन बीमा र निर्जीवन बीमा र लघु बीमा कम्पनीको लाइसेन्स पनि दिइने बताइएको छ । लघु बीमाको लाइसेन्स अहिलेसम्म दिईको छैन । ‘न्यूनतम चुक्ता पुँजी तोकेर लघु बीमा कम्पनीलाई पनि लाइसेन्स दिने तयारी गृहकार्य भइरहेको छ’, स्रोतले भन्यो । 

समिति स्रोतका अनुसार चाँडै सार्वजनिक सुचना प्रकाशित गरेर नयाँ कम्पनीका लागि लाइसेन्स खुला गर्ने गरि तयारी भइरहेको छ । 

प्राप्त जानकारी अनुसार जीवन बीमा कम्पनीको लागि न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्बदेखि ३ अर्ब रुपैयाँ चुक्ता पुँजीको प्रस्ताव गरिएको छ । त्यस्तै नेपालमा नयाँ शुरुवात हुने लघु बीमा कम्पनीको लागि भने न्यूनतम ५० करोड रुपैयाँदेखि ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहने छ । 

बीमा समितिमा जीवन बीमाका लागि युनियन लाइफ र स्ट्याण्डर्ड लाइफ, उपकार लाइफ, पायोनियर लाइफ इन्स्योरेन्स कम्पनी र निर्जीवन बीमाका लगि मुक्तिनाथ जनरल, माछापुच्छ्रे जनरल, मनकामना जनरल, गरिमा जनरल तथा अभियान जनलर इन्स्योरेन्स कम्पनीले निवेदन पेश गरेका छन् । त्यस्तै लघु बीमा कम्पनी स्थापनाका लागि १८ वटा निवेदन बीमा समितिमा पुगेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया