काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबार सुरु भएको करिब करिब पौन चार घण्टाको अवधीमा चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
अरुण भ्याली हाइड्रोपावर,बरुण हाइड्रोपावर,शिवम् सिमेन्ट र सबैको लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
आज अरुण भ्यालीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.४३७.८० पुगेको छ ।
यस्तै, बरुण हाइड्रोपावरको शेयरमूल्य रु.४५१,शिवम् सिमेन्टको रु.१ हजार २३४.२० र सबैको लघुवित्तको रु.१ हजार २७८.२० पुगेको हो ।
प्रतिक्रिया