कतार सरकारले घरेलु श्रमिकको न्यूनतम ज्यालामा बृद्धि गरेकाे छ । घरेलु श्रमिककाे हक सम्बन्धि कानुनमा सुधार भएपछि कतारमा न्यूनतम ज्याला एक हजार रियालभन्दा बढीले बढोत्तरी भएकाे हाे ।
यसबाट कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारलाइ फाइदा पुगेकाे कतारी श्रम मन्त्रालयको रिपोर्टमा जनाइएकाे छ ।
रिपाेर्ट अनुसार खाना बस्न राम्रो व्यवस्था भएमा कम्पनीले मासिक एक हजार तलव दिने, नभए १८ सय तलव दिनैपर्ने व्यवस्था लागू भएको छ । यो व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम तलव पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलव पाउन थालेका छन् ।
कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइन मार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेव पोर्टलसमेत तयार पारेको थियो । अनलाइनमार्फत् २ लाख ४२ हजार ८ सय ७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेका थिए । कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।
कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । त्यहाँ झन्डै ४ लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।
प्रतिक्रिया