पाँचथर पावरले बोलायो साधारण सभा, अध्यक्षमा राजेश कुमार श्रेष्ठ मनोनयन

३ बर्ष अगाडि

काठमाडौं - पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । पौष ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैठौँ वार्षिक साधारण सभा पौष २८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट हुने छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुमाथी छलफल तथा स्वीकृत गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ३ वटा एजेन्डा सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १४ गते एक दिन कम्पनीको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

साथै  कम्पनीका अध्यक्ष उमेश श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यस्तताको कारण देखाई अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा पुष २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उक्त बैठकले उनको राजिनामा साउन १० गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो । साथै आगामी बाँकी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा संचालक राजेश कुमार श्रेष्ठलाई मनोनयन गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया