दुई घण्टामै शेयर बजारमा ७९.८९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजार सुरुवाति देखि नै उकालो लागेको छ । 

आज कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ७९.८७ अंकले बढेर २४९५.४२ को बिन्दुमा पुगेको छ । नेप्से १ बजेसम्म आइपुग्दाँ ३.३१ प्रतिशतले बढेको हो ।

यस्तै, सोही अवधी सम्ममा २२७ कम्पनीको ३८ लाख ६८ हजार ६०६ कित्ता शेयर २ हजार ३१४ पटकको कारोबारमा २ अर्ब ३१ करोड ४१ लाख बढीको शेयर कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया