काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) नेप्सेमा शिवम् सिमेन्ट कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य रु.११२.२० ले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार २३४.२० पुगेको छ । आज कम्पनीको शेयर कारोबार रु.१ हजार १४० बाट सुरु भएको हो ।
मार्केट डेपमा कम्पनीको ४९ हजार ७८६ कित्ता शेयर खरिदमाग भएको छ भने १८१ कित्ता शेयर बिक्री माग भएको हो ।
प्रतिक्रिया