एक्सेल डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने समय थप, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने समय थप गरेको हो ।

कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुल्ला गरेको उक्त हकप्रद शेयरमा सर्वसाधारण समूहतर्फको २७ हजार २५७/२००४ कित्ता शेयरको लागि मंसिर २९ गतेदेखि पुष ७ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरिएकोमा पुष ४ गते सार्वजनिक बिदा परेको कारण पुष ७ गतेसम्म शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया