लक्ष्मी मिठाई भण्डारको ४८ वर्ष पुरा,थुप्रै क्षेत्रमा लगानी गर्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं, सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८ औ स्थापना दिवस मनाएको छ ।  

लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । लक्ष्मी ग्रुप नेपालमा विश्वशिलो,स्थापित र व्यबस्थापित कम्पनीको रुपमा सेवा, रोजगारी प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ । 

आज लक्ष्मी ग्रुपले ४८ वर्ष पुरा गरिरहँदा Confectionery, Dairy, Plastics, Automobiles, Electronics, Steels अनि अन्य थुप्रै क्षेत्रमा लगानी गरिरहेको छ र भविष्यमा अन्य थुप्रै क्षेत्रमा लगानी गर्ने तयारीमा रहेको छ ।

हिजो पुस ५, सोमबारका दिन एलिस रिसेप्सनमा भएको 48 th Corporate and Thanksgiving Day मा लक्ष्मी ग्रुप अन्तर्गतको सम्पूर्ण कम्पनिहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन र स्वागत मन्तव्य प्रस्तुत लक्ष्मी ग्रुपका चिय्रमेन गणेश बहादुर श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो र खेलकुद सप्ताहमा बिजेता भएका खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो । ग्रुपले हरेक वर्ष पुष ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ। ग्रुपले पुष ५ गते रक्तदान कार्यक्रम
कार्यालयको आफ्नै आँगनमा भव्य तरिकाले संचालन गरेका थियो जसमा ६५ जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दिएर आफ्नो समाजप्रतिको जिम्मेवारी वहन गरेका थिए । 

यसैगरी लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिरसरसफाई, मानव सेवा आश्रममा खाद्दाना सामग्री,टोपी र मस्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल,
गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो । यसैगरी Cerebral Palsy Nepal मा मिठाई, स्टेसनरी, डाईपर, मस्क, Sanitizer गरि ४२ वटा सामाग्रीहरु वितरण गरेको थियो । 

सो कार्यक्रममा बोल्दै लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले “लक्ष्मी एकेडेमी” को पनि उद्घाटन गरेका थिए र आगामी योजनाहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया