गुडविल फाइनान्सको बुकक्लोज मिति तय, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ ।

पुष २९ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौं बिहान ११ः३० बजे बस्ने भनिएको २७औं वार्षिक साधारण सभाको प्रयोजनका लागि पुष १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजीको ९।१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३।९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया