काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५६.७३ अंक बढेर २४१५.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५० अंक बढेर २४२५.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ।
यस दिन प्रि ओपन सेसनमा २९ कम्पनीको १७ लाख ३२ हजार ९९३ रुपैयाँ १० पैसा बराबरको २ हजार २७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ, १ कम्पनीको शेयरमूल्य घटेको छ भने १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया