काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडले १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा पुष २९ गते चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ ।
सभाले कम्पनीको उद्देश्यमा थप गरी संसोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव वा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि संचालक समितिलाई अख्यिारी प्रदान गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ । साथै कम्पनीको १२ औं वार्षिक प्रतिववेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धि वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एकजना संचालक र स्वतन्त्र संचालक नियुक्त गर्ने उक्त सभाको एजेण्डा रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसाार पुष १५ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।
प्रतिक्रिया