गत वर्ष १०० प्रतिशत लाभांश वितरण गरेको हिमालयन डिष्टिलरीद्धारा लाभांश घोषणा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने  भएको छ । कम्पनीले आफ्नो शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने भएको हो । 

अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५० प्रतिशत नगद लाभांश गरेर कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने छ ।

कम्पनीले पुस २८ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया