काठमाडौं - आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । कम्पनीको साधारण सभा पुष ३० गते अमृतभोग, कालिकास्थान काठमाडौंमा भर्चुअल माध्यमबाट हुने छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको अनूसूचीहरु छलफल गरी पारित गर्ने छ ।
त्यस्तै, आव २०७८/०८९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
जसअुनसार पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया