काठमाडौं - उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सातौं वािर्षक साधारण सभा पुष २८ गते होटल मौर्या, सि.नं.पा. १३ रुपन्देही भैरहवामा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
उक्त सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर पारित गर्नेछ ।साथै बोनस शेयर वितरणपछि कायम सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार रुपैयाँ बराबरको एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब सम्बन्धि वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र संचालक समितिले प्रस्ताव गरेको लाभांश पाउन योग्य मानिनेछन् ।
प्रतिक्रिया