शिक्षक सेवा आयोगले निमावि तहमा स्थायी पदपूर्तिका लागि २ हजार ५९८ शिक्षकको दरखास्त आह्वान, परीक्षा चैत १७ गते

३ बर्ष अगाडि

काठमाडौं - शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह ९निमावि तृतीय श्रेणी० मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएको छ ।  त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित(विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि कोटा छुट्याइएको छ ।

६ माघसम्म नियमित र १० माघसम्म बिलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा १७ चैतमा हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया