काठमाडौं - लाभांश पारित गर्न दुई कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेड र गुडविगुडविलल फाइनान्स लिमिटेडले साधारण सभा बोलाएका हुन् ।
मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेड
मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २८ गते, सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३/३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।
त्यस्तै सभाले बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
गुडविगुडविलल फाइनान्स लिमिटेड
गुडविगुडविलल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते विहिबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।
सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया