काठमाडौं - नेपाल स्टक एक्सचेन्ज९नेप्से० मा २ वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर प्रयोजनका लागि एनएमबि बैंक र नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन गरिएको हो ।
बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले पौष ६ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्सें० मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडको १२.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३६ रूपैयाँ ३६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ७८ रुपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको छब्बीसौँ वार्षिक साधारण सभा पौष २२ गते हुनेछ ।
नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ४४ रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ५६ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकको अठ्ठाइसौँ वार्षिक साधारण सभा पौष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया