नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने, कहिले सम्म  ?

४ बर्ष अगाडि

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर आज निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनका लागि बैंकले मंसिर २४ गते बुक क्लोज गरेको थियो । 

जसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र मेरो शेयर मोबाइल एप, सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त हकप्रदमा पुस ७ गतेदेखी पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया