नेप्सेमा २ लघुवित्तको सेयर मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज९नेप्से० मा २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर प्रयोजनका लागि गणपति लघुवित्त र छिमेक लघुवित्तको सेयर मूल्य समायोजन गरिएको हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले पौष ६ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ७४ रूपैयाँ ७९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ९८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको कार्तिक १० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी - ४, दुलेगौँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय ४० रूपैयाँ ०८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ७४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते, शुक्रबार होटल सामना प्रा.ली. मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया