नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्मपन्न, लेखापरीक्षक नियुक्ती

४ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएको उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ । 

साथै सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया