काठमाडौं, श्री कृष्ण सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर २८)ले १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पौष ४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार, कम्पनीको केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने जनाएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पुँजीको १५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै,सभामा कम्पनीको प्रस्तावित बोनस शेयर जारी भए पश्चात पुँजी वृद्धि हुने भएकोले सोही बमोजिमको प्रबन्धपत्रको दफा ५ र नियमावलीको नियम ७ (ख) संशोधन गर्ने स्वीकृत प्रदान गर्ने, नियमन निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने स्वीकृत प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ ।
प्रतिक्रिया