१७०८९ जनाको परीक्षणमा २९० जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु र निको हुने कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२४७३ पीसीआर परीक्षणमा ४६१६ एन्टिजेन परीक्षणमा गरी कुल १७ हजार ८९ जनाको परीक्षणमा २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ९ हजार ३८७ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५७७ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया