‘स्पाइडर म्यानः नो वे होम’ ले बनायो रेकर्ड, ३३४.२ मिलियन डलर कमाई

३ बर्ष अगाडि

काठमाडौं, सन् २०२१ को विश्वको सबैभन्दा ठूलो डेब्यू चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ ले बक्स अफिसमा रेकर्ड बनाएको छ। 

फिल्मले टिकट बिक्रीबाटै ओपनिङमा २५३ मिलियन डलर कमाएको छ । यससँगै यो चलचित्र ‘एभेन्जरः इन्ड गेम र एभेन्जरः इन्फिनिटी वार’ पछिको अहिलेसम्मकै तेस्रो ‘वेस्ट ओपनिङ’ चलचित्र बन्न सफल भएको छ ।  

मार्भलको नो वे होमको ओपनिङ इन्फिनिटी वारको भन्दा खासै कम छैन । सन् २०१८ मा रिलिज भएको इन्फिनिटी वारको ओपनिङ आम्दानी २५७.६ मिलियन डलर थियो । 

विश्वको अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ आम्दानी गर्ने चलचित्र एभेन्जरः इन्ड गेम’ हो । जसको ओपनिङ आम्दानी ३५७.१मिलियन डलर रहेको छ । 

बिहीबारको नाइट प्रिभ्यू शोबाट उठेको ५० मिलियन डलरसहित शुक्रबारको टिकट बिक्रीबाट चलचित्रले १२१.५ मिलियन आम्दानी गरेको थियो । शनिबार चलचित्रले टिकट बिक्रीबाट ७३.८ मिलियन डलर र आइतबार ५७.३ मिलियन आम्दानी गरेको सोनिले जनाएको छ ।    

यस्तै ६० वटा ओभरसिज बजारबाट यो चलचित्रले ३३४.२ मिलियन डलर कमाएको छ । – एजेन्सी

३ बर्ष अगाडि

प्रतिक्रिया