विश्व बक्सअफिसमा ‘पुष्पा’ तेस्रो स्थानमा, चार दिनमै १ सय ४० करोड कमाई

३ बर्ष अगाडि

काठमाडौं, शुक्रवारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले विश्व बक्सअफिसमै उछाल ल्याएको छ । 

फिल्मले तमिल, तेलुगू, कन्नड र मलालयम भाषामा रेकर्ड ब्रेक व्यापार गरेको छ । प्रदर्शनको चार दिनमा फिल्मले भारतमा मात्र १ सय २० करोड भारुको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
 
बक्सअफिस ट्रेक ह्यान्डल सिनेट्रेकका अनुसार, विश्व बक्सअफिसमा ‘पुष्पा’ ले तेस्रो स्थान बनाएको छ । भारतमा प्रदर्शनको चार दिनमा १ सय २० करोड छापेको फिल्मले चार दिनमै विश्वभरबाट कूल १ सय ४० करोड ७ लाख कमाएको छ । 
 
सुकुमार निर्देशित फिल्ममा रश्मिका मन्दाना पनि मुख्य भूमिकामा छिन् । नेपालमा समेत फिल्मको कमाई आक्रामक छ । दुई भागमा निर्माण भएको फिल्मको दोस्रो पार्ट अर्को वर्ष रिलिज हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया