भारतीय शेयर बजारमा उछाल : एकैदिनमा १०६४ अंकको वृद्धि, लगानीकर्ताको सम्पत्ति ५ करोड धेरै

४ बर्ष अगाडि

काठमाडौं-भारतीय शेयर बजारमा मंगलबार उछाल देखिएको छ । बम्बई स्टक एक्सचेन्ज बिएसईको सेन्सेक्स १,०६४ अंकले बढेर ५६ हजार ८८७ विन्दुमा पुगेको छ । यस्तै लगानीकर्ताहरुको सम्पत्ति पनि पाँच करोड रुपैयाँभन्दा धेरैले बढेको छ ।

सोमबार भारी गिरावट आएको भारतीय शेयर बजारमा मंगलबार भने उछाल देखिएको हो । 

सोमबार सूचिकृत कम्पनीहरुको बजार पूँजीकरण २५२.५७ लाख करोड भारतिय रुपैयाँ थियो जुन आज २५७।५० लाख करोड भारतिय रुपैयाँ भएको छ । 

सेन्सेक्स मंगलबार बिहान तिव्रताका साथ ४८० अंकले बढेर ५६ हजार ३२० विन्दुमा खुलेको थियो । भारतीय शेयर बजारमा ३० शेयरमध्ये सबै बढेको छ ।

यसैगरी नेशनल स्टक एक्सचेन्ज एनएसई को निफ्टी ३०७ अंकले बढेर १६ हजार ९२१ विन्दुमा पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया