नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने ५५ करोड

४ बर्ष अगाडि

काठमाडौ- कारोबारको दोस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)ले कारोबारको सुरुवात देखि नै सकरात्मक संकेत देखाएको छ ।

कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसुचक २६.२० अंकले बढेर २३८५.०२ को बिन्दुमा पुगेको छ । 

सो अवधीसम्म नेप्सेमा २०२ कम्पनी कारोबारमा आएका छन् । कारोबारमा आएका उक्त कम्पनीहरुले ९ लाख ७२ हजार ७६५ कित्ता शेयर ७ हजार ५९६ पटक खरिदबिक्री गर्दा ५५ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका २०२ कम्पनी मध्ये १५४ कम्पनीको शेयरमूल्य बढेको छ भने २२ कम्पनीको शेयरमूल्य घटेको छ र ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया