काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.९३ अंक घटेर २३५८.८१ विन्दुमा झरेको नेप्से, यस दिन १.५१ अंक बढेर २३६०.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५५ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १५ कम्पनीको ९ लाख २५ हजार ३६३ रुपैयाँ ५० पैसा बराबरको १ हजार ५९४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ।
प्रतिक्रिया