सिभिल बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७.७९ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ४३ करोड २१ लाख ८३ हजार ४२.४० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने २ करोड २७ लाख ४६ हजार ४७५.९२ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया